भाइबर र फेसबुकबाट एनएमबिको खाता खोल्दा नगद फिर्ता

समाधान संवाददाता २०७७ जेठ २७ गते १५:४०

समाधान संवाददाता
पोखरा, २७ जेठ

Advertisement

एनएमबि बैंकले भाइबर र मेसेन्जर मार्फत खोल्न सकिने खातामा पहिलो पटकको मोबाइल बैंकिङ कारोवारमा १० प्रतिशत छुट वा ५ सय सम्मको नगद फिर्ता योजना ल्याएको छ ।

दैनिक उपभोग्यवस्तुको भुक्तानी, टप–अप र स्क्यान टु पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था उपलब्ध रहेको बैंकले जनाएको छ ।

यो योजना अन्तर्गत वर्तमान कोभिडको परिवेशमा आफ्ना ग्राहक वर्गका लागि सावधानीपूर्वक मोबाइल बैंकिङ सेवाहरु प्रयोग गर्न प्रोत्साहित गरिएको छ ।

बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डिजिटल बैंकिङ सेवाको क्षितीज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरमै बसी ढुक्कसँग बैंकिङ गतिविधिहरु रोज्न सक्ने उपयुक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौं ।’

Advertisement

आफ्ना ग्राहकवर्गलाई बैंकिङ अनुभवहरु परिष्कृत भएको महसुस गर्न भाइबर र म्यासेन्जरकैे प्रयोगले खाता÷मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याइएको बैंकले जनाएको छ ।

‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय सेवाहरु छनौट गर्न सहयोग पु¥याउने सुरक्षित वातावरण तयार पार्नु हो,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया