पोखराका पहिलाे संक्रमितको सम्पर्कमा आएकाको रिपोर्ट भेरिफाई गरिँदै

समाधान संवाददाता
पोखराका ६० वर्षीय कोरोना संक्रमितको सम्पर्कमा आएकाको नतिजा आएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना परीक्षण प्रयोगशालाबाट सबैको रिपोर्ट प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । ती पुरुषको सम्पर्कमा आएको ३९ जनाको आइतबार स्वाब संकलन गरिएको थियो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीले अहिले सबैको रिपोर्ट भेरिफाइ गर्दैछन् । ‘आज परीक्षण भएका सबै रिपोर्ट आएको छ । पोखराका संक्रमितको सम्पर्कमा आउनुभएकाको पनि हेर्दैछौं । आधा घन्टामा फाइनल हुन्छ,’ प्रदेश जनस्वास्थ्य स्रोतले समाधानसँग भन्यो ।
यो पनि – पोखराका पहिलो संक्रमितको बयानः कसरी सर्यो अनुमानै छैन
पोखराका ती संक्रमित अहिले उपचारका लागि काठमाडौंमा छन् । गत मंगलबार पोखराको आलुमाइला चोक नजिकैको डेरामा बेहोस अवस्थामा भेटिएपछि ती पुरुषलाई गण्डकी मेडिकल कलेजमा प्रारम्भिक उपचार र परीक्षण गरी हेलिकोप्टरबाट काठमाडौं पुर्याइएको थियो ।
शरीरमा सोडियमको मात्रा अत्यन्तै कम भएपछि उनका सुभेच्छुकहरुको सक्रियतामा काठमाडौं पुर्याएर ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । गत शुक्रबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
तपाईको प्रतिक्रिया