पोखराका पहिलो संक्रमितको सम्पर्कका ३९ जनाको रिपोर्ट नेगेटिभ

समाधान संवाददाता २०७७ जेठ २७ गते २२:२७

अनुप पाैडेल, पाेखरा

पोखराका ६० वर्षीय कोरोना संक्रमित पुरुषको सम्पर्कमा आएका ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख सपना सुवेदीले समाधान न्यूजलाई जानकारी दिइन् ।

ती पुरुषको सम्पर्कमा आएका ३९ जनाको आइतबार स्वाब संकलन गरिएको थियो । संक्रमित पुरुष कानुन व्यवसायी भएकाले उनको सम्पर्कमा आउने अधिकांश कानुन व्यवसायी छन् ।

Advertisement

कन्ट्याक ट्रेसिङका क्रममा औषधि व्यवसायीदेखि कपाल काट्नेसम्म संक्रमितको सम्पर्कमा आएको भेटिएको थियो । आफूसँग सम्पर्कमा आएका व्यक्तिमा कोरोना पुष्टि भएपछि सबै घरमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

यो पनि – पोखराका पहिलो संक्रमितको बयानः कसरी सर्‍यो अनुमानै छैन

Advertisement

संक्रमित पुरुषको भने अहिले काठमाडौंमा उपचार भइरहेको छ । गत मंगलबार पोखराको आलुमाइला चोक नजिकैको डेरामा बेहोस अवस्थामा भेटिएपछि ती पुरुषलाई गण्डकी मेडिकल कलेजमा प्रारम्भिक उपचार गरेर हेलिकोप्टरबाट काठमाडौं पु¥याइएको थियो ।

शरीरमा सोडियमको मात्रा अत्यन्तै कम भएपछि उनका सुभेच्छुकहरुको सक्रियतामा काठमाडौं पु¥याएर ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । गत शुक्रबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार कोरोना पुष्टि भएका उनको मंगलबार दोस्रो रिपोर्ट भने नेगेटिभ आइसकेको छ । कुनै ट्राभल हिस्ट्री नभएकाले उनमा कसरी कोरोना देखियो भन्ने अझै रहस्यमय छ ।

कास्कीमा अहिलेसम्म ५ जनामा कोरोना पुष्टि भएको छ । ५ मध्ये ३ पोखरा महानगर र २ रुपा गाउँपालिकाका हुन् । काठमाडौंमा उपचाररत संक्रमितबाहेक बाँकी ४ संक्रमित भारतबाट नेपाल आएका हुन् ।

सम्बन्धित समाचार

पोखराका ६० वर्षे संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

कसरी संक्रमित भए कास्कीका ६० वर्षे पुरुष, पत्ता लगाउनै मुस्किल !

पोखराका संक्रमित पुरुषको सम्पर्कमा आएका ३५ जना सम्पर्कमा, अधिकांश हाइप्रोफाइल

संक्रमितसंग सम्पर्कमा रहेका व्यक्तीसंगै थिए प्रदेशमन्त्री विकास लम्साल

पोखराका ६० वर्षे संक्रमितको सम्पर्कका ३९ जनाको स्वाब नतिजा भोलि

पोखराका पहिलाे संक्रमितको सम्पर्कमा आएकाको रिपोर्ट भेरिफाई गरिँदै

तपाईको प्रतिक्रिया