गण्डकीमा संक्रमित १४५ पुगे, तत्काललाई पाेखराकाे संकट टर्याे

पाेखरा
गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १ सय ४५ पुगेकाे छ । नवलपुरकाे देवचुली नगरपालिका घर भएर सोही पालिकाकै क्वारेन्टाइनमा रहेका ४० वर्षका १ जना पुरुषमा बुधबार बिहान कोरोना संक्रमणको पुष्टि भएको छ|
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ती संक्रमितलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |
यसैगरी पाेखराका पहिलाे काेराेना संक्रमित पुरुषकाे प्रत्यक्ष सम्पर्कमा आएका ३९ जनाकाे नतिजा नेगेटिभ आएकाे छ । अर्थात् उनीहरुमा काेराेना संक्रमण नदेखिएकाे प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनाेदविन्दु शर्माले जानकारी दिए ।
अघिल्लाे मंगलबार बिहान आलु माइला चाेक नजिकैकाे डेरामा बेहाेस अवस्थामा भेटिएका ६० वर्षे पुरुषलाई तत्कालै गण्डकी मेडिकल कलेज लगिएकाे थियाे । त्यहाँ प्रारम्भिक उपचार र परीक्षण गरेर हेलिकाेप्टरबाट काठमाडाैं लगिएकाे थियाे ।
तत्कालै स्वाब लिइएकाे भए पनि शुक्रबार उनमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । तर मंगलबार बिहान दाेस्राे रिपाेर्ट नेगेटिभ आएकाे छ ।
३९ जनामा काेराेना नदेखिएपछि अब प्रदेश स्वास्थ्य निर्दशनालयले अब अनुसन्धानकाे घेरालाई अझ फराकिलाे बनाउनुपर्ने देखिएकाे छ । निर्देशक शर्माले अहिले रिपाेर्ट नेगेटिभ आएका ३९ जनामध्ये कसैमा राेग सार्ने तर हालका लागि संक्रमण नदेखिएकाे अवस्थामा समेत हुनसक्ने बताएका छन् ।
ती ६० वर्षे पुरुष पुगेका सम्भावित सबैजसाे ठाउँका पहिलाे घेराका व्यक्तिकाे स्वाब लिइएकाे थियाे । पहिलाे घेरामा रहेकाकाे नतिजा आएपछि मात्र दाेस्राे तथा तेस्राे घेरामा रहेका व्यक्तिकाे नमुना संकलन गरिने भनिएपछि पाेखरामा एक खालकाे आतंक नै फैलिएकाे थियाे । तत्कालका लागि आतंक साम्य भएसँगै दाेस्राे तथा तेस्राे घेरामा मानिसहरु समेत ढुक्क भएका छन् ।








शुभप्रभात सहकारीमा विश्वको नेतृत्व
शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
पर्यटनमा साझेदारी बढाउँदै पोखरा–ढोरपाटन ‘टुर’ सम्पन्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया