कारको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु
समाधान संवाददाता
२०७७ जेठ २८ गते ७:००

घोडाघोडी, २८ जेठ (रासस) :
कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मङ्गलबार राति कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा४च २१०० नंको कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उनका छोरा पाँच वर्षीया कृष्टन चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
कारको ठक्करबाट अन्य दुई घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी नगरपालिका–९ बस्ने ४५ वर्षीय डबल शाह र लम्कीचुहा नगरपालिका–१० बस्ने ४० वर्षीय जयचन्द्र सुनार रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइते दुवैको घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचारपछि कोहलपुर सिफारिस गरिएको छ । ठक्कर दिएर फरार कार चालक बर्दगोरिया गाउँपालिका–१ का राजेन्द्र मल्ललाई इलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित









महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
भुजीखोला बाढीको ५ वर्ष : पीडितलाई ऋणको पासो, राहतको आशै मर्यो
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया