प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने, समाधानबाट प्रत्यक्ष प्रसारण
समाधान संवाददाता
२०७७ जेठ २८ गते ७:२८
समाधान, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजेपछि संसदमा सम्बोधन गर्दै छन् ।
देशको भूभाग बढाउने गरी हुँदै गरेको संविधान संशोधन र संसदमा सांसदहरुले उठाएका विविध विषयलाई समेटेर प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । उनको संबोधन समाधान न्यूज पेज मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।
संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया