म्याग्दीमा पहिरोले पुरिएर २ जनाको मृत्यु

समाधान संवाददाता २०७७ जेठ २८ गते ८:४५

राकेश शर्मा
म्याग्दी, २८ जेठ

Advertisement

म्याग्दीमा गएराति परेको पानीका कारण आएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ । जिल्लाको रघुगंगा गाउपालिका–६ कोटगाउँ पहिरोमा पुरिएर उनीहरुकाे मृत्यु भएकाे हाे ।

मृत्यु हुनेहरुमा ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया नातिनी सिम्रन छन्त्याल भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मंगलबार राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठ लेदो सहितको पहिरोले पुरिएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

Advertisement

पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी र स्थानीयबासीले हमाया र छन्त्याललाई मृत फेला पारेका थिए ।

पहिरोले पुरिरिएर ढु‌ंगा माटोले बनेको जस्ताको छानो भएको कच्चि गोठमा रहेका अन्नपात, भाडाबर्तन लगायत सबै नष्ट भएको छ । पशु चौपायको भने क्षति भएको छैन ।

Advertisement

तपाईको प्रतिक्रिया