चिल्ड्रेन होमका बालबालिकालाई स्वास्थ्य र खेलकूद सामग्री वितरण

समाधान संवाददाता
कास्कीको अन्नपूर्ण गाउँपालिका लेबाडेस्थित चिल्ड्रेन नेपालका बालबालिकालाई स्वास्थ्य तथा खेलकूद सामग्री वितरण गरिएको छ । पोखरा गैह्रापाटनस्थित लेबल नेक्स्ट कम्पनीले उनीहरुलाई उक्त सामग्री उपलब्ध गराएको हो ।
स्यानिटाइजर, मास्क र खेलकूद सामग्री वितरण गरिएको कम्पनीका शिशिर शर्माले जानकारी दिए । बालबालिकालाई कोरोना भाइरसको सचेतनाबारे जानकारी दिइएको उनले बताए । उनीहरुलाई हात धुने विधि सिकाइएको थियो ।
लकडाउनपछि सडकमै अलपत्र परिरहेका बालबालिकालाई पोखरा महानगर र कास्की प्रहरीको समन्वयमा विभिन्न स्थानबाट उद्धार गरी चिल्ड्रेन होममा व्यवस्थापन गरेको थियो । होममा हाल १८ बालबालिका छन् ।
उनीहरुको शारीरिक अवस्थासाथै मनोवैज्ञानिक अवस्था सुधारका लागि विभिन्न परामर्शका कार्यक्रमहरु गरिरहेको चिल्ड्रेन नेपालका सहायक संयोजक सूर्यप्रसाद पौडेलले जानकारी दिए । विभिन्न खेलकूद तथा चित्रकलाका माध्यमबाट सिकाइलाई प्राथमिकता दिइरहेको उनले बताए ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया