लकडाउनले ११ युरोपेली मुलुकमा धेरैको ज्यान बचायाे

समाधान संवाददाता २०७७ जेठ २८ गते १५:०३

८ जेठ (रासस÷एएफपी)

Advertisement

युरोपका विभिन्न ११ ओटा देशमा कोभिड १९ विरुद्धको महामारीबाट ठूलो संख्याका नागरिकको ज्यान बचाउन सक्ने एक अध्ययनले देखाएको छ ।

ती देशले गत मार्चको २ देखि २९ तारिखसम्म विद्यालय, पार्कलगायत मानिसहरु जम्मा हुने सबै स्थानमा प्रतिबन्ध लगाउनुका साथै देशव्यापी रुपमा लकडाउन गरेका थिए ।

Advertisement

त्यसले धेरै नागरिकको ज्यान बचाएको भन्दै लकडाउनले ती देशका कम्तीमा पनि ३० लाख मानिस मर्नबाट बचाएको यो अध्ययनमा देखाएको हो ।

यदि युरोपेली देशहरुले कोभिडको महामारी नियन्त्रण गर्नका लागि लकडाउन साथै विना औषधीका विभिन्न नियन्त्रणात्मक विधिहरु नअपनाएको भए लाखौँ नागरिकको ज्यान जान सक्ने सो अनुसन्धानले बताएको छ ।

Advertisement

युरोपका इटाली, स्पेन र बेलायतमा कोभिड १९ को महामारीबाट सबैभन्दा ठूलो क्षति पुगेको समाचारहरुमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया