कोरोना संक्रमितको प्रतिरोध बढाउन आयुर्वेद चिकित्सा

समाधान संवाददाता २०७७ जेठ २८ गते १७:२४

समाधान संवादादता
पोखरा, २८ जेठ

पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुका लागि रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने खालका आयुर्वेदिक औषधीको प्रयोग सुरु गरेको छ । त्यसैगरी संक्रमितहरुको तनाव व्यवस्थापनका लागि योगाभ्यास र प्राणायाम पनि सुरुआत गर्ने तयारी गरिएको छ ।


गण्डकी आयुर्वेद औषधालय कास्कीका प्रमुख आयुर्वेद चिकित्सक डा कुमार कासुलाका अनुसार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखामा कार्यरत वरिष्ठ कविराज निरीक्षक नविनकिरण भुसाल, गण्डकी आयुर्वेद औषधालयमा कार्यरत डा। विवश बास्तोला, भेडावारी प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरत आयुर्वेद चिकित्सक डा अनिल थापा, साथै आइसोलेसन वार्ड इन्चार्ज विजयलक्ष्मी कोइराला लगायतका कर्मचारीसहितको उपस्थितिमा भएको छलफलपछि आयुर्वेद औषधी प्रयोग भएको हो ।

Advertisement

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा जारी कोभिड १९ रोकथाम एवं व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक ा। अर्जुन आचार्यसँगको छलफल पश्चात सेवा सञ्चालनको कार्ययोजना तय गरी आइसोलेसनमा राखिएका ४ जना संक्रमित व्यक्तिहरुमा स्वास्थ्य परामर्श गरी आयुर्वेद औषधीको प्रयोग थालिएको हो ।

रोगप्रतिरोधात्मक क्षमताको अभिवृद्धि, लाक्षणिक चिकित्सा र तनाव व्यवस्थापन नै अहिले कोभिड – १९ व्यवस्थापनको मुख्य चिकित्सा योजना भएकोले इमर्जेन्सी बाहेकका अवस्थामा यसैगरी योग एवं आयुर्वेदसहितको एकीकृत चिकित्साको माध्यमबाट कोरोना संक्रमितहरुको उपचारलाई प्रदेशभर सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ कविराज निरीक्षक नविनकिरण भुसालले बताए ।

Advertisement

त्यसबाहेक कास्की जिल्लाभरका शंकास्पद प्रभावित क्षेत्र र क्वारेन्टाइनमा रहेकाहरुलाई पनि रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम सँगै जडिबुटी चिया साथै आयुर्वेद औषधी वितरणको तयारी भइ रहेको गण्डकी आयुर्वेद औषधालयका प्रमुख तथा आयुर्वेद चिकित्सक डा कुमार कासुलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया