पुरुन्चौरमा युवाले गर्दैछन् कृषि क्रान्ति, तस्बिरसहित

समाधान संवाददाता
सरकारले जारी राखेको लकडाउनको असर सहरमा अझै छ । सहरले कोरोना भाइरसबाट पुनर्जीवन पाउन समय लिने पक्का छ ।
तर कृषिमा रमाउने पोखरेली उद्यमीलाई कृषि कर्ममा लकडाउनले कुनै असर पारेको छैन ।
पोखरा १९ पुरुन्चौरमा अहिले धमाधम रोपाइँ चलिरहेको छ ।
५ युवा मिलेर स्थापना गरेको पञ्चामृत एग्रो टुरिजम फार्मले त्यहाँ रोपाइँ गरिरहेको छ ।
कोरोना भाइरसका कारण कृषि कर्मलाई विशेष आकर्षणको रुपमा चर्चा गरिरहँदा उक्त फार्मले भने उल्लेखनीय रुपमा फिल्डमै उत्रिएर कामलाई महत्व दिएको छ ।
५० रोपनी खेतीयोग्य जमिन भाडामा लिइ गत मंसिरबाट सञ्चालन थालिएको उक्त फार्मले पहिलो चरणमा धान रोप्न थालेको हो ।
फार्मका सञ्चालक नवराज अधिकारीले झन्डै १२ रोपनीमा हाइब्रिड धानको बिऊ रोपिएको जानकारी दिए ।
‘वडा कार्यालयले पहेँले धानलाई अनुदानको रुपमा दिइने जानकारी आएपछि हामीसँग उपलब्ध जमिनमा लगाउने तय गरेका छौं,’ उनले भने, ‘फार्मको योजना विस्तारित क्रममा रहेकाले सम्पूर्ण कृषिजन्य उत्पादनलाई महत्वका साथ अघि बढाइने छ ।’
३० वटा भैँसी पाल्ने योजनाका साथ गोठ निर्माण गरिने अधिकारीले सुनाए । तरकारीबालीका लागि ५ वटा टनेल तयार भएको र २ वटा थप्ने योजना रहेको उनले बताए ।
‘हामीले यस फार्ममा कृषि उत्पादनका विभिन्न चक्रहरुलाई विस्तृत रुपमा देखाउन मिल्ने गरी निर्माण गर्दै छौं,’ उनले भने । फार्मले होमस्टे समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
नवराज अधिकारी, नरेन्द्रकुमार कार्की, दुर्गाप्रसाद सुवेदी, श्याम लामिछाने, मधु चापागाईँ मिलेर उक्त फार्म सञ्चालनमा ल्याएका हुन् ।
हेरौं रोपाइँका केही तस्बिर













अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया