काेराेनाले विश्वभर ४ लाख १५ हजारजनाकाे मृत्यु

समाधान संवाददाता २०७७ जेठ २९ गते ६:३८

पाेखरा

Advertisement

काेराेना संक्रमणका कारण विश्वभर ४ लाख १५ हजार २ सय ७७ जनाकाे मृत्यु भएको छ।


जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी १ लाख १२ हजार ८ सय ३३ छ। त्यस्तै, बेलायतमा ४१ हजार २ सय १३,

Advertisement

ब्राजिलमा ३९ हजार ६ सय ८०, इटालीमा ३४ हजार १ सय १४ जनाको मृत्यु भएको छ।

विश्वभर ७३ लाख ५० हजार ६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा १९ लाख ९९ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएको छ।

Advertisement

ब्राजिलमा ७ लाख ७२ हजार ४ सय १६, रुसमा ४ लाख ९३ हजार २३, बेलायतमा २ लाख ९१ हजार ५ सय ८८, भारतमा २ लाख ७६ हजार ५ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३४ लाख ४७ हजार ९ सय १८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै बढी छ। त्यहाँ ५ लाख ३३ हजार ५ सय ४ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै, ब्राजिलमा ४ लाख १० हजार ९ सय ६, रुसमा २ लाख ५२ हजार २ सय ९५, जर्मनीमा १ लाख ७० हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन्।

तपाईको प्रतिक्रिया