काेराेनाले विश्वभर ४ लाख १५ हजारजनाकाे मृत्यु

पाेखरा
काेराेना संक्रमणका कारण विश्वभर ४ लाख १५ हजार २ सय ७७ जनाकाे मृत्यु भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी १ लाख १२ हजार ८ सय ३३ छ। त्यस्तै, बेलायतमा ४१ हजार २ सय १३,
ब्राजिलमा ३९ हजार ६ सय ८०, इटालीमा ३४ हजार १ सय १४ जनाको मृत्यु भएको छ।
विश्वभर ७३ लाख ५० हजार ६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा १९ लाख ९९ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएको छ।
ब्राजिलमा ७ लाख ७२ हजार ४ सय १६, रुसमा ४ लाख ९३ हजार २३, बेलायतमा २ लाख ९१ हजार ५ सय ८८, भारतमा २ लाख ७६ हजार ५ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ३४ लाख ४७ हजार ९ सय १८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै बढी छ। त्यहाँ ५ लाख ३३ हजार ५ सय ४ जना संक्रमणमुक्त भएका छन्।
त्यस्तै, ब्राजिलमा ४ लाख १० हजार ९ सय ६, रुसमा २ लाख ५२ हजार २ सय ९५, जर्मनीमा १ लाख ७० हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन्।








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया