अमेरिकाः संक्रमित बढ्दै, तर ट्रम्पले चुनावी र्याली गर्ने

एजेन्सी
महाशक्ती राष्ट्र अमेरिकामा कोरोना भाइरसको संक्रमण थामिने कुनै लक्षण छैन । विहीबार विहानसम्म संक्रमितको संख्या २० लाख ६६ हजार नाघेको छ भने १ लाख १५ हजार बढीको मृत्यु भएको छ ।
तर यही महामारीका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी र्याली सुरु गर्ने भएका छन् । ट्रम्पले कम्तिमा चार राज्यमा चुनावी र्याली गर्ने बताएका छन् ।
अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पको प्रतिस्पर्धी जो बिडेन छन् । यसै वर्षको नोभेम्बर महिनामा राष्ट्रपति पदको चुनाव हुँदैछ ।
कोरोना संक्रमण सुरु भएपछि तीन महिना अगाडि चुनावी र्याली स्थगित गरिएको थियो ।
ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले ओकाहामा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलिनाबाट चुनावी र्याली सुरु गर्ने जानकारी दिए । सम्भवतः सबैभन्दा पहिले आगामी शुक्रबार ओकाहामाबाट र्याली सुरु हुने छ ।









माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
राष्ट्रपति रनिङ शिल्डमा भलिबल छात्र तर्फ पोखरा युनाइटेड एकेडेमी प्रथम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया