अमेरिकाः संक्रमित बढ्दै, तर ट्रम्पले चुनावी र्याली गर्ने

समाधान संवाददाता २०७७ जेठ २९ गते ७:२४

एजेन्सी

महाशक्ती राष्ट्र अमेरिकामा कोरोना भाइरसको संक्रमण थामिने कुनै लक्षण छैन । विहीबार विहानसम्म संक्रमितको संख्या २० लाख ६६ हजार नाघेको छ भने १ लाख १५ हजार बढीको मृत्यु भएको छ ।

तर यही महामारीका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी र्‍याली सुरु गर्ने भएका छन् । ट्रम्पले कम्तिमा चार राज्यमा चुनावी र्‍याली गर्ने बताएका छन् ।

Advertisement

अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पको प्रतिस्पर्धी जो बिडेन छन् । यसै वर्षको नोभेम्बर महिनामा राष्ट्रपति पदको चुनाव हुँदैछ ।

कोरोना संक्रमण सुरु भएपछि तीन महिना अगाडि चुनावी र्‍याली स्थगित गरिएको थियो ।

Advertisement

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले ओकाहामा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलिनाबाट चुनावी र्‍याली सुरु गर्ने जानकारी दिए । सम्भवतः सबैभन्दा पहिले आगामी शुक्रबार ओकाहामाबाट र्‍याली सुरु हुने छ ।

तपाईको प्रतिक्रिया