स्वासप्रस्वास समस्यापछि स्याङ्जाका २ संक्रमितलाई पोखरा ल्याइयो, अस्पताल भन्छ : समस्या छैन

खै पठाउन मन लागेर पठाउनु भयो होला । स्वासप्रस्वासको कुनै समस्या छैन
निर्देशक
डा. अर्जुन आचार्य
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल
अनुप पौडेल
पोखरा, २९ जेठ
स्याङ्जा वालिङका २ जना कोरोना संक्रमितलाई उपचारका लागि पोखरा ल्याइएको छ । दुवैलाई बुधबार साँझ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको हो ।
स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि २ जनालाई पोखरा पठाइएको वालिङ नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कमल पाण्डेले जानकारी दिए । हेलुको कालिका सामुदायिक अस्पतालको क्वारेन्टाइनमा बसेका वालिङ १३ का ५४ र ३२ वर्षीय पुरुषलाई पोखरा ल्याइएको हो ।
२४ जेठमा संक्रमण पुष्टि भएका उनीहरु बाबुछोरा हुन् । स्वासप्रस्वासमा समस्या देखिएपछि पोखरा पठाइएको भनिए पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले दुवैमा कुनै समस्या नरहेको जनाएको छ । ‘खै पठाउन मन लागेर पठाउनु भयो होला । स्वासप्रस्वासको कुनै समस्या छैन,’ अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले भने ।
वालिङका २ सहित कास्कीका ४ संक्रमितको अहिले पोखरामा उपचार भइरहेको छ । सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक आचार्यले जानकारी दिए ।
स्याङ्जामा अहिलेसम्म ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये अधिकांश वालिङ नगरपालिकाका छन् ।
जिल्लाका संक्रमितमध्ये १ महिलाबाहेक अरु सबै संक्रमित पुरुष हुन् । संक्रमित ३९ वर्षीया महिलालाई केही समय पोखरास्थित क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा ल्याएर उपचार गरिएको थियो ।
जिल्ला अस्पतालमा महिलाका लागि छुट्टै आइसोलेसन नभएपछि १५ जेठमा ती महिला संक्रमितलाई पोखरा ल्याइएकोमा २४ जेठमा जिल्ला फर्काइएको थियो । उनको हाल स्याङ्जाको हेलुस्थित कालिका सामुुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
संक्रमित सबैलाई सम्बन्धित पालिकाले नेपाल–भारत सीमाबाट उद्धार गरेर आफ्नो क्वारेन्टाइनमा राखेका थिए । भारतबाटै आएका वालिङका ५८ वर्षीय पुरुषको भने गत आइतबार पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।
श्रीमतीसँग दिल्लीबाट जेठ २१ गते फर्किएका उनी सिकिस्त बिरामी भएपछि नगरपालिकाले निजी कार पठाएर सुनौली नाकाबाट उद्धार गरेको थियो । जिल्ला आएको भोलिपल्ट उपचार गर्न पोखरा आएका उनको संक्रमण पुष्टि भएकै दिन जेठ २५ गते मृत्यु भएको हो ।
उनी कोरोनाबाट मृत्यु हुने गण्डकी प्रदेशका पहिलो व्यक्ति हुन् । स्याङ्जामा संक्रमितको उपचार गर्न जिल्ला अस्पताल र भीरकोट नगरपालिका १ हेलुस्थित कालिका सामुदायिक अस्पताललाई प्रयोग गरिएको छ ।
गण्डकी प्रदेशमा अहिलेसम्म १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । तीमध्ये ११ जना कोरोनालाई जितेर घर फर्किएको निर्देशक विनादविन्दु शर्माले जानकारी दिए । घर फर्किनेमा बागलुङका ६, स्याङ्जाका ३, लमजुङ र नवलपुरका १/१ जना छन् ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया