रेष्टुरेन्टमा बसेर खान नपाइने, घर लैजान पाइने
समाधान संवाददाता
२०७७ जेठ २९ गते १८:२९

समाधान संवाददाता
सरकारले लकडाउनको मोडल परिवर्तन गर्ने निर्णयसँगै रेष्टुरेन्ट सञ्चालनको नयाँ मापदण्ड घोषणा गरेको छ ।
सरकारका प्रवक्ता डा युवराज खतिवडाले निर्णयबारे जानकारी दिँदै रेष्टुरेन्टमा भीडभाड गर्न नपाइने तर खाना प्याक गरेर लैजान पाइने जानकारी दिए ।
खाना घर तथा कार्यस्थलमा लगेर खान पाइने भएको छ । होटलहरु भने बन्द नै रहने उनले बताए । क्वारेन्टिन तोकिएको होटल भने सञ्चालन हुनेछन् ।
सरकारले कोरोना भाइरसका कारण आह्वान गरेको लकडाउनलाई खुकुलो बनाउने निर्णय लिएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया