जोर बिजोर मोटरसाइकलमा लागू नहुने तर १ जनामात्र चढ्नुपर्ने
समाधान संवाददाता
२०७७ जेठ २९ गते १८:३६
समाधान संवाददाता
सरकारले सार्वजनिक गरेको लकडाउनको मोडालिटीमा निजी सवारी साधनमा लागू गरिएको जोर बिजोर प्रणाली मोटरसाइकल र स्कुटरमा लागू नहुने भएको छ ।
सरकारका प्रवक्ता डा युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद बैठकबारे जानकारी दिँदै सार्वजनिक यातायातमाथिको प्रतिबन्ध जारी रहने बताए । निजी सवारीमा जोर बिजोर लागू भएपनि लामो दूरीमा चल्न नपाउने डा खतिवडाले जानकारी दिए ।
‘निजी सवारी साधनको हकमा उपत्यकाभित्र र बाहिरको हकमा जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन हुने छन्’, खतिवडाले भने, ‘तर निजी सवारी साधनमा चालकबाहेक बढीमा २ जनामात्र बस्न पाइने छ।’
सम्बन्धित
तपाईको प्रतिक्रिया