स्याङ्जाकाे अर्जुनचाैपारीका ३ वर्षे बालकमा काेराेना
समाधान संवाददाता
२०७७ जेठ ३० गते ६:५४

पाेखरा
स्याङ्जामा ३ र ४ वर्षका २ बालकमा कोरोना संक्रमण देखिएको छ । अर्जुनचौपारी गाउँपालिकाका ३ वर्षे बालक र अर्को गाउँ पालिका नखुलेको ४ वर्षे बालकमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देश विनोदविन्दु शर्माले जानकारी गराए ।
गण्डकी प्रदेशको स्याङ्जामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । त्यसमा पनि गल्याङ नगरपालिकाका धेरै संक्रमित भेटिएका हुन् । स्याङ्जामा ६० जनामा कोरोना पुष्टि भएको छ ।
तीमध्ये ३ जना निको भएर घर फर्केका छन् भने, २ जनालाई बिहीबार पोखरा ल्याइएको छ ।
स्याङ्जा जिल्ला अस्पताल र कालिका सामुदायिक अस्पतालमा आइसोलेसन वार्ड बनाएर बाँकीको उपचार भइरहेको छ ।
स्याङ्जाका १ जना पुरुषको कोरोनाबाटै मृत्यु भएको छ ।
सम्बन्धित







उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
गृह र अध्यागमनको टोली कोरला नाकामा
२ महिनापछि गण्डकी प्रदेशसभा बैठक आज बस्दै
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया