गण्डकीमा थपिए ४ संक्रमित, पुगे १९२
समाधान संवाददाता
२०७७ जेठ ३० गते ११:५८

समाधान संवाददाता
गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमित ४ जना थपिएका छन् । नवलपुरमा ४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १९२ पुगेको छ ।
जिल्लाको हुप्सेकोट गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
संक्रमण पुष्टि हुनेमा १८, ३२, ५८ र ५९ का ४ जना पुरुष छन् । संक्रमितलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको छ।
आज बिहान मात्रै प्रदेशमा ३७ जनामा कोरोना पुष्टि भएको थियो । मनाङ र मुस्ताङबाहेक बाँकी सबै ९ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।
अहिलेसम्म गण्डकीमा ११ जना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये स्याङ्जाका १ जनाको मृत्यु भएको छ ।

सम्बन्धित









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया