गल्याङमा सरसफाइकर्मी सक्रमित, बजारबासी त्रसित
समाधान संवाददाता
स्याङ्जा, ३० जेठ
स्याङ्जाको गल्याङमा संक्रमण भेटिएका २ जना क्वारेन्टाइन सरसफाई गर्ने सरसफाईकर्मी रहेको पुष्टि भएको छ ।
स्याङ्जामा पहिलो पटक जिल्लामा नै रहेका २ जनामा कोरोना संक्रमण देखिएको हो । गल्याङ नगरपालिका बहुमुखी क्याम्पसमा सरसफाई गर्ने २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
श्रीमान् श्रीमती नै सरसफाइकाे काम गर्दै आएकोमा दुवैमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।
उनले प्रदेशले निकालेको सूचीमा पुरुष मात्रै भनेको भए पनि नाम र उमेर भिडाउँदा प्रष्ट भएको जानकारी दिए ।
उनीहरुले क्वारेन्टाइनमा सरसफाई गर्दै आएको र घरबाट सरसफाई केन्द्र आउँदा बजारमा निरन्तर हिँडडुल गर्नुका साथै नगरपालिकाका कर्मचारीहरुसँग पनि सम्पर्कमा रहेको बताइएको छ ।
सरसफाई कर्मचारी धेरैको सम्र्कमा रहेको भन्दै गल्याङमा सन्त्रास छाएको छ भने कन्ट्रयाक ट्रेसिङ सुरु गरेको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
यसैगरी कोरोनाका महामारीमा फैलिरहँदा स्याङ्जामा एकै दिन २२ जना करोना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गल्याङमा १८ जना थपिएका हुन् । त्यस्तै वालिङमा २ र अर्जुन चौपारीमा २ जनामा संक्रमण देखिएको हो ।
अर्जुनचौपारीका ३ वर्षका बालक र ४१ वर्षीय पुरुष, वालिङका ३३ र ३५ वर्षका पुरुषमा संक्रमयण देखिएको छ ।
संक्रमितमध्ये २० जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् । वालिङका संक्रमित जेठ १७ र १९ जना, अर्जुन चौपारीका जेठ ११ र १३ तथा गल्याङका संक्रमित १३, १४ र १६ गते जिल्लामा आएका हुन् ,
योसँगै जिल्लामा संक्रमितको संख्या ६० पुगेको छ भने ३ जना निको भएर घर फर्केका छन् । संक्रमित १ जनाको उपचारको क्रममा निधन भएको हो ।
तपाईको प्रतिक्रिया