पाेखराका पहिलाे काेराेना संक्रमित निकाे भएर घर फर्के

भरत कोइराला
पोखरा, ३० जेठ
पोखराका पहिलो कोरोना संक्रमित पुरुष निको भएर शुक्रबार घर फर्केका छन् । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारपछि शुक्रबार दिउँसो उनलाई डिस्चार्ज गरिएको उनकी पत्नीले समाधान न्यूजलाई जानकारी गराइन् ।
उनले भनिन्, ‘अस्पताल र घर नजिकै छ, कोरोनाको तेस्रो रिपोर्ट नेगेटिभ आयो, मेनिन्जाइटिसको औषधीको कोर्स पनि सकिएपछि चिकित्सकले डिस्चार्जको सल्लाह दिएका हुन् ।’
पोखरामा प्राध्यापन र वकालतमा क्रियाशील ६० वर्षे ती पुरुषलाई जेठ २० गते पोखराबाट हेलिकोप्टरमा काठमाडौं लगिएको थियो । पोखराको आलुमाइला चोक नजिकै बस्ने उनी बिहान कोठामा अचेतअवस्थामा देखेपछि सरसफाइ गर्ने महिलाले हार गुहार गरी तत्कालै गण्डकी मेडिकल कलेज पु¥याएकी थिइन् ।
बेलुका खाना खाएर सुतेका उनी बिहान ४ बजेतिर असहज महसुस भएपछि उठेका थिए । कपडा लगाएर साथीभाइलाई फोन गरी अस्पताल जाने तयारी गर्दै गर्दा कतिबेला बेहोस भएँ आफूलाई ख्याल नभएको बताएका छन् । पोखरामा परीक्षण गर्दा उनको शरीरमा सोडियमको मात्रा अत्यन्तै कम देखिएको थियो । काउठमाडौंमा थप परीक्षण गर्दा मेनिन्जाइटिस देखिएको थियो
त्यहाँ उनको प्रारम्भिक उपचारका साथै आवश्यक परीक्षण गरेपछि हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो । २० गते मंगलबार काठमाडौं लगिएका उनमा २३ गते कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछिका २ रिपोर्ट लगातार नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
उनलाई काठमाडौं पुर्याउन हेलिकोप्टरमै काठमाडौं गएर फर्केका २ सहित ती पुरुषको सिधा सम्पर्कमा आएका ३९ जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आइसकेको छ ।
ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार नेपालमा निजी अस्पतालमा कोरोना संक्रमितको उपचार भएको यो पहिलो केस हो । बिरामीका परिवारले ह्याम्समै उपचार गर्ने भनेपछि आफूहरुले उपचार गर्न तयार रहेको उनले जनाए । उक्त अस्पतालमा अहिले पनि गुल्मीका ७६ वर्षे पुरुषको उपचार भइरहेको छ ।








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया