त्रिशूल प्रहारबाट मृत्यु
समाधान संवाददाता
२०७७ जेठ ३० गते १६:१६
रासस, दाङ
दाङ बबई गाउँपालिका–३ धनवास निवासी ४७ वर्षीय नारायण डाँगीको त्रिशूल प्रहारबाट मृत्यु भएको छ ।
शुक्रबार बिहान सोही स्थानका २८ वर्षीय बालाराम वलीले दुर्गा भगवती मन्दिरमा रहेको त्रिशूल प्रहार गर्दा डाँगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिनुभयो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया