पुराना कपडा संकलन गरेर बनाइएको डस्ना क्वारेन्टिनलाई सहयोग

समाधान संवाददाता
पुराना कपडा संकलन गरी तयार गरिएको ओछ्याउने डस्ना स्याङ्जा पुतलीबजार नगरपालिकालाई उपलब्ध गराइएको छ । रोटट्रयाक्ट क्लब अफ पोखराले ३० थान डस्ना शुक्रबार मेयर सिमाकुमारी क्षेत्रीलाई हस्तान्तरण गरेको हो ।
कोरोना भाइरस समुदायमा फैलन नदिन स्थानीय तहले क्वारेन्टिन बनाई मुलुक बाहिरबाट आउने व्यक्तिहरुलाई व्यवस्थित गरिरहेका छन् । पुतलीबजारले त्रिभुवन आदर्श क्याम्पस र हिमालय आवासीय माविमा ९० बेडको क्वारेन्टिन स्थापना गरेको छ ।
क्लबको सहयोग नौलो र प्रेरणादायी रहेको मेयर क्षेत्रीले सुनाइन् । क्वारेन्टिन व्यवस्थापनमा सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिइन् ।
कोरोना रोकथाम र नियन्त्रणका लागि पालिकाले स्थापना गरेको क्वारेन्टिन व्यवस्थित गराउन डस्ना उपलब्ध गराइएको क्लबका अध्यक्ष विश्वदर्शन पराजुलीले बताए ।
‘विभिन्न मुलुकहरुबाट नागरिकहरुलाई उद्धार गर्ने क्रम चलिरहेको छ,’ उनले भने, ‘क्वारेन्टिन व्यवस्थित भएनन् भने थप जटिलता सिर्जना हुनुभन्दा पहिल्यै तयारीमा सहयोग गरेका हौं ।’
सीमित स्रोध साधनले पनि पालिकाहरुले क्वारेन्टिन स्थापना गरेर कोरोना नियन्त्रणमा भूमिका खेलिरहेकाले महामारीको रुप धारण गर्नुअघि नै क्लबले सहयोग थालेको क्लबका पूर्वअध्यक्ष अुर्जन खनालले बताए ।
विपद् सबैको निम्ति साझा भएकाले खाजा र मसिना खर्च कटौती गरेर देशैभरका क्लबहरुले सहयोग गरेको खनालले सुनाए ।
रोटट्रयाक्ट क्लब अफ काठमाडौं, रोटट्रयाक्ट क्लब अफ बुटवल साउथ र रोटट्रयाक्ट क्लब अफ पोखराको मितेरी साइनो छ । सबै संस्था मिलेर कोरोना महामारी विरुद्धको लडाइँमा विभिन्न प्रकारका सहयोग समुदायलाई गरिरहेको कार्यक्रम संयोजक प्रदीप पौडेलले जानकारी दिए ।









ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
पुष्प सदन एकेडेमीको अभिभावक दिवस
प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया