सवा ३ लाख सहित १२ जुवाडे पोखरामा पक्राउ
समाधान संवाददाता
२०७७ जेठ ३० गते २१:२९
समाधान संवाददाता
पोखरा १० बुद्धमार्गबाट कास्की प्रहरीले ठूलो परिमाणको रकम सहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।
कृष्णबहादुर गुरुङको घरमा डेरा गरी बस्ने अन्जना गुरुङले जुवातास खेलाइरहेको सूचना पछि अनुसन्धान गर्दा त्यहाँबाट ३ लाख २९ हजार ८ सय ५५ रुपैयाँ सहित १२ जना पक्राउ परेका हुन् ।
उनीहरुलाई पौने ५ बजे पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
सम्बन्धित समाचार पोखरामा जुवाखालबाट पक्राउ पर्नेमा ५ महिला, सवा ३ लाख बरामद
सम्बन्धित
तपाईको प्रतिक्रिया