पोखरामा जुवाखालबाट पक्राउ पर्नेमा ५ महिला, सवा ३ लाख बरामद

समाधान संवाददाता २०७७ जेठ ३० गते २१:४४

समाधान संवाददाता

पोखरा १० बुद्धमार्गबाट कास्की प्रहरीले ५ महिलासहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

कृष्णबहादुर गुरुङको घरमा डेरा गरी बस्ने ५० वर्षीया अन्जना गुरुङले खाल जमाएर बसिरहेको बेला प्रहरीले छापा मारेको थियो ।

Advertisement

पौनै ५ बजे प्रहरीको टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

घटनास्थलबाट ३ लाख २९ हजार ८ सय ५५ रुपैयाँ बरामद भएको प्रवक्ता हमालले समाधान न्यूजलाई बताए ।

Advertisement

उनीहरु सबैलाई जिल्ला प्रहरीको हिरासतमा राखी अनुसन्धान गरिरहेको र थप कारवाही अघि बढाइएको उनले जनाए ।

पक्राउ पर्नेहरुको नामावलीः
पोखरा १५ बस्ने ४४ वर्षीय पदमबहादुर गुरुङ
पोखरा २६ बस्ने ३० वर्षीय नविन गौतम
पोखरा ५ बस्ने ४२ वर्षीय ठाकुरप्रसाद गुरुङ
पोखरा १२ बस्ने ५४ वर्षीय रामबहादुर गुरुङ
पोखरा ३ बस्ने ३१ वर्षीय नविन गुरुङ
पोखरा १० बस्ने ४५ वर्षीय राजेश गुरुङ
पोखरा ६ बस्ने ३३ वर्षीय उमेश क्षेत्री
पोखरा ८ बस्ने ३९ वर्षीया सन्तुमाया गुरुङ
पोखरा ७ बस्ने ३८ वर्षीया प्रेमकुमारी गुरुङ
पोखरा १० बस्ने ३६ वर्षीया मिना पुन
पोखरा १० बस्ने ३३ वर्षीया सुनिता पुन
पोखरा १० बस्ने ५० वर्षीया अन्जना गुरुङ

तपाईको प्रतिक्रिया