पूर्वबाट नेपाल प्रवेश गर्याे मनसुनी वायु
समाधान संवाददाता
२०७७ जेठ ३१ गते ६:३७

पाेखरा
नेपालमा शनिबारदेखि मनसुनी वायु प्रवेश गरेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार पूर्वी नेपालमा प्रवेश गरेको मनसुनी वायुको प्रभावले उक्त क्षेत्रमा वर्षा हुन थालेको छ।
‘सामान्यतस् नेपालमा जुन १० मा मनसुनी प्रणाली प्रवेश गर्छ। यसपालि २ दिन ढिला भयो तर यो पोहोरभन्दा छिटो हो,’ उनले भनिन्, ‘पोहोर जुन २०मा मात्र मनसुनी वायु नेपाल आएको थियो।’
पोखरेलका अनुसार यसपालिको मनसुनी वायु निकै सक्रिय छ।
‘मनसुनी वायु सक्रिय छ। देशभरि फैलिन केही दिन लाग्छ। धेरै वर्षा हुने ठाउँमा पूर्वतयारी गर्नु आवश्यक छ,’ उनले भनिन्।
सम्बन्धित







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया