करकाे आदेश विरुद्ध सरकारले दर्ता गरायाे निवेदन

काठमाडाैं
सर्वोच्च अदालतमा बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै सरकारले भ्याकेट (पुनरावलोकन निवेदन) दर्ता गरेको छ ।
महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतले बुधवार दिएको सो अन्तरिम आदेश खारेजीको माग गर्दै शुक्रवार भ्याकेटको निवेदन दर्ता भएको हो ।
भ्याकेट निवेदनमा सरकारको आम्दानीको मुख्य स्रोत नै राजस्व भएको र राजस्व संकलन नहुँदा कर्मचारीको तलबदेखि सबै काम रोकिने भएकाले गत चैतसम्मको कर अनलाईमार्फत बुझाउन भनिएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
सरकारले साना व्यवसायीबाट नभई मूल्यअभिवृद्धि कर र अन्त : शुल्क कर मात्र अनलाईनामार्फत बुझाउन भनिएको निवेदनमा उल्लेख छ । सर्वोच्च अदालतको आदेशले राजस्व संकलनमा अवरोध भई अर्थतन्त्रमा गम्भीर संकट पर्ने भएकाले उक्त आदेश खारेजी गर्न निवदेनमा माग गरिएको छ ।
आन्तरिक राजस्व विभागले २०७६ साल फागुनसम्म बुझाउनुपर्ने कर जेठ २५ गतेभित्र बुझाउन सूचना जारी गरेको थियो तर बन्दाबन्दीको अवस्थामा बुझाउन नसक्ने भनेर आलोचना भएपछि सरकारले आगामी असार ७ र १५ गतेसम्मका लागि म्याद दिएको थियो ।
बुधवारको सर्वोच्चको उक्त निर्णय कार्यान्वयन गर्न सरकारका लागि अन्तरिम आदेश जारी गरिएको थियो । सोही आदेश खारेज गर्न सरकारले निवेदन दिएको हो । रासस







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया