काेराेनाकाे त्रासले गल्याङ बजार १ साता बन्द

समाधान संवाददाता २०७७ जेठ ३१ गते ७:२०

पाेखरा

काेराेना संक्रमणदर उच्च भएपछि गल्याङ बजार शुक्रबारदेखि १ साताका लागि बन्द गरिएकाे छ । समुदायमा कोरोना संक्रमण फैलन नदिन नगरपालिकाे अगुवाइमा बजार बन्द गरिएकाे हाे ।

गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा बस्नेसँगै समुदायमा समेत कोरोना संक्रमण देखिएपछि बजार पूर्णरुपले बन्द गर्नुपरेकाे नगरपालिकाले जनाएकाे छ ।

Advertisement

भारतबाट आए गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका १६ नागरिकसँगै २ जना सरसफाइकर्मी कर्मचारीमा शुक्रबार संक्रमण पुष्टि भएकाे थियाे ।

अत्यावश्यकबाहेक सम्पूर्ण पसल बन्द गर्ने निर्णय भएकाे नगर प्रमुख भुपराज अधिकारीले बताए । कोरोना संक्रमण समुदायस्तरमा फैलने सक्ने अनुमान गर्दे सचेत र सावधानी अपनाउनु पर्ने उनले बताए ।

Advertisement

वडाध्यक्ष, चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ तथा यातायात व्यवसायी, सुरक्षाकर्मीसहितको बैठकले औषधी पसल, दूध डेरी र तरकारी पसल बाहेकका सबै पसल बन्द गर्ने निर्णय गरेको प्रमुख अधिकारीले जानकारी दिए ।

उनले भने ‘वित्तीय संस्था र खाद्यान्न पसल पनि १ हप्ताको लागि बन्द गर्ने निर्णय भएको छ ।’

प्रमुख भुपराज अधिकारीले विज्ञप्ति जारी गरेर अर्को सूचना नआएसम्म नगर कार्यपालिका बन्द हुने जानकारी गराउँदै अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र उच्च सतर्कता अपउनाउन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया