भारतले हाम्राे भूमि मिचेको कुरा स्प्रष्ट छ–देउवा
समाधान संवाददाता
२०७७ जेठ ३१ गते १४:२६
समाधान संवाददाता
नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले भारतले हाम्रो भूमि मिचेको कुरा स्पष्ट रहेको बताएका छन् ।
प्रतिनिधि सभामा संविधान दोश्रो संशोधन विधेयक माथिको छलफलमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले राष्ट्रिय अखण्डताका लागि सिंगो देश एक ठाउ मै रहेको बताए ।
सरकारले ल्याएको संशोधन प्रस्तावलाई कांग्रेसको केन्द्रीय समितिले पूर्ण रुपमा समर्थन गरेको जानकारी गराउदै देउवाले आजै बसेको संसदीय दलको बैठकले पनि पूर्ण रुपमा समर्थन गर्ने निर्णय गरेको बताए ।
सरकारको विरोध गर्ने धेरै विषय भए पनि आज त्यो विषयमा प्रवेश नगर्ने भन्दै देउवाले भने–‘राष्ट्रिय हितका लागि, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अखण्डताका लागि सिंगो देश एक छ । यसमा सम्पूर्ण नेपालीको साथ छ ।’
सम्बन्धित
तपाईको प्रतिक्रिया