नक्शा मात्र होइन, जमिन चाहियो–महतो
समाधान संवाददाता
२०७७ जेठ ३१ गते १४:४०
समाधान संवाददाता
जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधानमा मधेशीलाई जति विभेद गरिएको भए पनि राष्ट्र हितको पक्षमा सिंगो मधेशको साथ रहने बताएका छन् । तर नक्शा मात्र हैन जमिन नै चाहियो भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभामा संविधान दोश्रो संशोधन माथिको छलफलमा बोल्दै नेता महतोले राष्ट्रवाद फरक फरक हुन नसक्ने बताएका छन् ।
उनले देशको भूमि रक्षाका लागि मधेशी जनता लडिरहेको बताउदै कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन पनि मधेशी जनताको साथ रहेको बताए ।
उनले भने–तर मधेश माथि गरिएको अन्याय सह्य छैन । हामीलाई पनि समान अधिकार चाहिन्छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया