महाकाली सन्धी गर्नेले माफी माग्नुपर्छ–उपेन्द्र

समाधान संवाददाता २०७७ जेठ ३१ गते १५:१५

समाधान संवादाता

Advertisement

समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले महाकाली सन्धी गर्नेहरुले माफी माग्नु पर्ने बताएकाा छन् । उनले महाकाली सन्धी गर्दा राष्ट्रघात भएको बताएका छन्।

प्रतिनिधिसभा संसदमा संविधान संशोधन विधेयकमाथिको छलफलमा सांसद यादवले महाकाली सन्धी गर्दा सीमाबारे प्रष्ट खोजी किन गरिएन भन्ने प्रश्न गरे।

Advertisement

‘महाकाली सन्धी गर्दा जे गरिएको थियो त्यसको जवाफ कांग्रेस(कम्युनिष्ट दिनुपर्छ ।’ उनले भने, ‘सुगौली सन्धीभन्दा पछि हटेर महाकाली सन्धी गर्‍या हो कि होइन ? मधेशीलाई गाली गर्ने, राष्ट्रघाती भन्ने ? अनि त्यसबेला सन्धी गर्नेहरूले माफी माग्नुपर्दैन ?’

महाकाली सन्धी हुँदा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री थिए भने एमालेका नेता केपी शर्मा ओली महाकाली सन्धी गर्न खुलेरै लागेका थिए।

Advertisement

तपाईको प्रतिक्रिया