संसदबाट बाहिरिएपछि सरीता गिरीकाे प्रतिक्रिया : आफ्नै पार्टीकाे औचित्य देखिनँ

काठमाडौं
जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले आफ्नै पार्टीको औचित्यमाथि प्रश्न उठाएकी छन् । संसद बैठकमा सभामुखले बोल्न अनुमति नदिएपछि बाहिरिने क्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले आफ्नै पार्टीको औचित्यमाथि प्रश्न उठाएकी हुन् ।
उनले संसद सचिवालयमा दर्ता गराएकाे संविधान संशाेधन विधेयकमाथिकाे संशाेधन प्रस्ताव अयाेग्य भएकाे घाेषणा सभामुख अग्नि सापकाेटाले गरेका थिए । सांसद गिरीले बाेल्न माग गरेकाे आग्रह सभामुखले नमानेपछि उनी बाहिरिएकी हुन् ।
‘आदिवासी, जनजाति, दलित, मधेसी र महिलालाई समावेश गरेर समावेशी राष्ट्रवाद कायम नगर्ने हो भने जनता समाजवादी पार्टीको औचित्य के’, उनले प्रश्न गरिन् ।
उनले नक्सा सम्बन्धी संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गर्दा पार्टीभित्र कुनै छलफल नभएको जिकिर गरिन् ।
सभामुख अग्नि सापकोटाले सांसद नक्सा सम्बन्धी संविधान संशोधन प्रस्ताव अस्वीकृत भएको जानकारी गराएलगत्तै सांसद गिरी बैठक छाडेर हिँडेकी थिइन् ।
उनले संविधान संशोधनको प्रस्तावमा असहमति जनाएकै आधारमा आफूलाई गालीगलौज भइरहेकोमा पनि आक्रोश पोखिन् ।
उनले आफूमाथिको गालीगलौज महिलामाथिको हिंसा भएको उल्लेख गर्दै आफूले महिला अधिकारको लडाईलाई अझ बलियो पार्ने बताइन् ।
‘पाकिस्तानले हिंसा गरेपछि महिलाहरुको नेतृत्वमा बंगलादेश निर्माण भएका कुरा नबिर्सौं, गिरीले भनिन् ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया