जीप दुर्घटनामा किशोरीको मृत्यु

समाधान संवाददाता, स्याङ्जा
स्याङ्जामा जीप दुर्घटना हुँदा शनिबार एक किशोरीको मृत्यु भएको छ ।
भीरकोट नगरपालिका ५ मा जीप दुर्घटना हुँदा भीरकोट ५ की १५ वर्षीय किशोरी दुर्गा अर्यालको मृत्यु भएको हो ।
किशोरीको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य ७ जना घाते भएका छन् ।
तिलाहार नेटास्थित भित्री कच्ची सडक खण्ड पकानफाँटबाट नेटातर्फ जाँदै गरेको ग२च २३७३ नम्बरको जीप उकालो बाटोमा दुर्घटनामा परेको हो ।
जीप पछाडि हट्न गई सडकबाट करिब ३० मिटर तल खस्दा जीपमा सवार चालकसहित अन्य जना घाइते भएका हुन् ।
दुर्घटनामा भीरकोट ५ की ३७ वर्षीय शान्ती अर्याल, ३६ वर्षीय गीता अर्याल, २७ वर्षीय पार्वती अर्याल, ५६ की शोभा अर्याल, ७० वर्षीय भीमकुमारी अर्याल र २४ की शुष्मा अर्याल घाइते भएका हुन् ।
घातेहरुलाई पाेखराकाे गण्डकी मेडिकल कलेजमा ल्याइएकाे छ । जीप चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका एसपी विमलराज कँडेलले बताए । दुर्घटनामा घाइते ६ जनाकै अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया