थपिए २७३ संक्रमित, पुगे ५३३५

समाधान संवाददाता २०७७ जेठ ३१ गते १६:३०

समाधान संवाददाता

Advertisement

नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका २७३ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। संक्रमितमध्ये ४ हजार ९ सय ४९ जना पुरुष र ३ सय ८६ जना महिला छन्।

पछिल्लो २४ घण्टामा थप ३६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ९१३ पुगेको छ। जसमध्ये पुरुष ८२२ र महिला ९१ जना छन्।

Advertisement

कुल संक्रमितमध्ये आज २ मृतक थपिएसँगै १८ जनाको मृत्यु भएको छ। शनिबारको प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते मृत्यु भएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्।

तपाईको प्रतिक्रिया