नयाँ नक्सा पारित भएसँगै पाेखरामा युवाहरुले दिए धन्यवाद
समाधान संवाददाता
२०७७ जेठ ३१ गते १८:१०
समाधान संवाददाता
लिम्पियाधुरा, लिपुलेक सहित समेटेर जारी गरेको नेपालको नयाँ निशान छाप नक्सा प्रतिनिधि सभाबाट पारित भएपछि पोखरामा सरकारलाई धन्यवाद ज्ञापन गरिएको छ ।
सभागृह चोकमा नेपालको झन्डा सहित विभिन्न प्लेकार्ड लिएर युवाहरु सामाजिक दूरी कायम गर्दै धन्यवाद ज्ञापन गरिरहेका छन् । ‘मातृभूमि जोगाउने सरकार तिमीलाई धन्यवाद’, ‘सरकार तिमीलाई धन्यवाद’ जस्ता प्लेकार्ड लिएर उनीहरुले धन्यवाद व्यक्त गरेका हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया