संविधान संशोधन गर्न गएनन् सांसद सूर्यबहादुर केसी

समाधान संवाददाता २०७७ जेठ ३१ गते १८:२५

पोखरा

Advertisement

प्रतिनिधि सभाले शनिबार संविधान संशोधन गर्ने कार्यसूची थियो । सोही अनुसार संसदमा उपस्थित सबै २५८ सांसदले मतदान गरी संविधान संशोधनसमेत भएको छ ।

संशोधनपछि अब नेपालको संविधानको अनुसूची ३ मा रहेको निसानछापमा रहेको नेपालको नक्सामा पश्चिममा लिम्पियाधुरासम्मको भूभाग समेटिएको नक्सा रहनेछ ।

संशोधनमाथि संशोधन हालेकी जनता समाजवादी पार्टीकी सांसद सरीता गिरी संसद गएर पनि फर्केकी थिइन् भने अरु २५८ जना भने सबै समय उपस्थित रहे र मतदान पनि गरे । २७५ सदस्यीय संसदमा २५८ बाहेकका सांसद गयल थिए, जसमा कास्कीका सांसद सूर्यबहादुर केसी पनि रहे ।

नेपाली कांग्रेसको समानुपातिकतर्फका सांसद केसी संसदमा महत्वपूर्ण कार्य हुँदाको दिन पनि उपस्थित भएनन् । यसको कारण भने खुलेको छैन ।

कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप नै लगाएको थियो ।

संविधानको संशोधनको पक्षमा सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र मजदुर किसान पार्टीका सांसदले मतदान गरेका थिए ।

संविधान संशोधनको मतदानमा अनुपस्थित भएका सांसद निम्न छन्
१ सूर्यबहादुर केसी

२ अमृतादेवी अग्रहरि

३ गोपालबहादुर बम

४ फुलारीदेवी खत्बेनी

Advertisement

५ धनबहादुर बुढा

६ नागेन्द्रकुमार चौधरी

७ शिवकुमार मण्डल

८ सरिता गिरी

९ सूर्यनारायण यादव

१० हरिबोल गजुरेल

११ ज्ञानकुमारी छन्त्याल

१२ प्रमोद शाह

१३ विजय गच्छदार (निलम्बित भएको हुँदा उपस्थित हुनै नपाउने)

१४ मोहम्मद अफताब आलम (निलम्बित भएको हुँदा उपस्थित हुनै नपाउने)

१५ रेशम चौधरी (निलम्बित भएको हुँदा उपस्थित हुनै नपाउने)

१६ हरिनारायण चौधरी (निलम्बित भएको हुँदा उपस्थित हुनै नपाउने)

तपाईको प्रतिक्रिया