पर्वतकाे दुर्लुङमा पहिराेले पुरिएर ३ काे मृत्यु, ६ बेपत्ता

समाधान संवाददाता २०७७ जेठ ३२ गते ६:१७

पर्वत

पर्वतकाे कुश्मा नगरपालिका ३ दुर्लुङ ढकालबारिमा शनिबार राति गएकाे पहिराेमा परी ३ जनाकाे निधन भएकाे छ भने ६ जना बेपत्ता भएका छन् ।

घटना राति ८ बजेतिरकाे हाे । स्थानीय तुलबहादुर थापा, मीन कुमारी थापा र नातिनी विविशा थापा राति नै पहिराेमा पुरिएको अव्यवस्था मृत फेला परेका थिए ।

Advertisement
पर्वतकाे कुश्मा नगरपालिका ३ दुर्लुङमा शनिबार राति गएकाे पहिराे । तस्बिर : समाधान

६ जना बेपत्ता भएको छन् । बेपत्ता हुनेहरुमा सम्राट थापा, दीपा थापा, विवेक थापा ,कमला विक, जेनिस विक र प्रमिशा विक छन् ।

राति नै घटनास्थलमा पुगेकाे आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेली पुगेर खाेजी र उद्धार थालेकाे थिए ।

Advertisement

घटनास्थल नजिकै रहेका अन्य थप ३ घर परिवार जाेखिमाा परेपछि अन्यत्र सुरक्षित स्थानमा सारिएको पर्वत प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीले बताए । रातिमा पानी परेकाले उद्धारमा समस्या परेकाे छ ।

तपाईको प्रतिक्रिया