पर्वतकाे पहिराेमा हराएका ५ जनाकाे शव भेटियाे ४ जनाकाे खाेजी जारी

समाधान संवाददाता २०७७ जेठ ३२ गते ८:१४

पाेखरा

पर्वतकाे कुश्मा नगरपालिका ३ दुर्लुङ ढकालबारिमा शनिबार राति गएकाे पहिराेमा परी हराएका ५ जनाकाे शब भेटिएकाे छ ।

हराएका ४ जनाकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । शनिबार राति ८ बजेतिर गएकाे पहिराेमा पुरिएका स्थानीय तुलबहादुर थापा, मीन कुमारी थापा र नातिनी विविशा थापाकाे शव राति नै भेटिएकाे थियाे ।

Advertisement

आइतबार बिहान थप २ जनाकाे शव भेटिए पनि नाम खुलेकाे छैन ।

शनिबार राति २ घर बगाउँदा सम्राट थापा, दीपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिशा विक हराइरहेका थिए ।

Advertisement

राति नै घटनास्थलमा पुगेकाे आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेली पुगेर खाेजी र उद्धार थालेकाे थिए ।

घटनास्थल नजिकै रहेका अन्य थप ३ घर परिवार जाेखिमाा परेपछि अन्यत्र सुरक्षित स्थानमा सारिएको पर्वत प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीले बताए ।

रातिमा पानी परेकाले उद्धारमा समस्या परेकाे थियाे । बिहान भने माैसम खुलेकाले सुरक्षाकर्मी र स्थानीयकाे सक्रियतामा खाेजी कार्य जारी छ ।

तपाईको प्रतिक्रिया