पर्वतकाे पहिराेमा हराएका ५ जनाकाे शव भेटियाे ४ जनाकाे खाेजी जारी

पाेखरा
पर्वतकाे कुश्मा नगरपालिका ३ दुर्लुङ ढकालबारिमा शनिबार राति गएकाे पहिराेमा परी हराएका ५ जनाकाे शब भेटिएकाे छ ।
हराएका ४ जनाकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । शनिबार राति ८ बजेतिर गएकाे पहिराेमा पुरिएका स्थानीय तुलबहादुर थापा, मीन कुमारी थापा र नातिनी विविशा थापाकाे शव राति नै भेटिएकाे थियाे ।
आइतबार बिहान थप २ जनाकाे शव भेटिए पनि नाम खुलेकाे छैन ।
शनिबार राति २ घर बगाउँदा सम्राट थापा, दीपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिशा विक हराइरहेका थिए ।
राति नै घटनास्थलमा पुगेकाे आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेली पुगेर खाेजी र उद्धार थालेकाे थिए ।
घटनास्थल नजिकै रहेका अन्य थप ३ घर परिवार जाेखिमाा परेपछि अन्यत्र सुरक्षित स्थानमा सारिएको पर्वत प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीले बताए ।
रातिमा पानी परेकाले उद्धारमा समस्या परेकाे थियाे । बिहान भने माैसम खुलेकाले सुरक्षाकर्मी र स्थानीयकाे सक्रियतामा खाेजी कार्य जारी छ ।





समाधानलाई ‘राष्ट्रिय क’ वर्गको मान्यता
इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया