पर्वत पहिराे : ७ जनाकाे शव भेटियाे, २ जनाकाे खाेजी जारी
पाेखरा
पर्वतकाे कुश्मा नगरपालिका ३ दुर्लुङ ढकालबारीमा शनिबार राति गएकाे पहिराेमा परी हराएकामध्ये ७ जनाकाे शव भेटिएकाे छ ।
पहिराेमा परी २ जना हराएकाे र उनीहरुकाे खाेजी जारी रहेकाे प्रहरीले जनाएकाे छ ।
शनिबार राति ८ बजेतिर गएकाे पहिराेमा पुरिएका स्थानीय तुलबहादुर थापा, मीन कुमारी थापा र नातिनी विविशा थापाकाे शव राति नै भेटिएकाे थियाे । तुलबहादुर र मिनकुमारी पतिपत्नी हुन् भने विविशा नातिनी हुन् ।
आइतबार बिहान दीपा थापा र कमला विक र प्रमिसा विकको शव भेटिएकाे छ । १ जनाकाे सनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । शनिबार राति २ घर बगाउँदा सम्राट थापा, दीपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिशा विक हराइरहेका थिए ।
राति नै घटनास्थलमा पुगेकाे आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेली पुगेर खाेजी र उद्धार थालेकाे थिए ।
घटनास्थल नजिकै रहेका अन्य थप ३ घर परिवार जाेखिमाा परेपछि अन्यत्र सुरक्षित स्थानमा सारिएको पर्वत प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीले बताए ।
तपाईको प्रतिक्रिया