पर्वत घटनाप्रति अध्यक्ष तिमिल्सिनाद्वारा दुख व्यक्त
समाधान संवाददाता
२०७७ जेठ ३२ गते १४:४८

पाेखरा
वर्षासँगै कुश्मा नगरपालिका ३, दुर्लुङ ढकालबारीमा शनिबार राति आएको पहिरोले पुरिंदा भएकाे जनधनको क्षतिप्रति राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुख व्यक्त गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले आइतबार विज्ञप्ति जारी गरी घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका हुन् ।
पहिरोमा परिवार गुमाउने तथा प्रभावित परिवारको तुरुन्त उद्धार, राहत, पुनःस्थापना तथा जोखिममा परेको वरपरको बस्ती संरक्षणमा तदारुकताका साथ काम गर्न सरकार तथा सम्बद्ध अधिकारीलाई अध्यक्ष तिमिल्सिनाले आग्रह गरेका छन् ।
पहिराेमा परी हराएका ८ जनाकाे शव भेटिएकाे छ भने १ जनाकाे खाेजी भइरहेकाे छ । शुक्रबार राति ८ बजेतिर पहिराे जाँदा २ घर बगाएकाे थियाे ।
सम्बन्धित









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया