थप ४२५ जनामा कोरोना, संक्रमित ५७६० पुगे
समाधान संवाददाता
२०७७ जेठ ३२ गते १६:५३

समाधान संवाददाता
नेपालमा थप ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार थप ४ सय २५ जनामा संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार डिस्चार्ज हुनेको संख्या ९ सय ७४ पुगेको छ। तीमध्ये पुरुष ८ सय ७७ र महिला ९७ जना छन्।
कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ। हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया