तनहुँ घिरिङका ५ जनामा कोरोना भाइरस संक्रमण

समाधान संवाददाता २०७७ असार १ गते ६:०४

समाधान संवाददाता

तनहुँ जिल्लाको घिरिङ गाउ पालिकाका ५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहानै दिएको जानकारी अनुसार घिरिङ गाउ पालिका कै क्वारेन्टिनमा बसेका ४५, २२, २७, २७, र ४६ वर्षका ५ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश निर्देशक डा.विनोद विन्दु शर्माका अनुसार उनीहरु सबैलाई शुक्लागण्डकी नगर पालिकको जिपि कोइराला स्वासप्रश्वास केन्द्रमा ल्याइसकिएको छ ।

यी ५ सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय ४ पुगेको छ । प्रदेशका ९ जिल्लामा काेराेना संक्रमण देखिएकाेमा १ जनाकाे मृत्यु भएकाे छ ।

तपाईको प्रतिक्रिया