गण्डकीमा थप १ जनामा कोरोना संक्रमण, आजै ६ थपिए, २०५ पुगे

समाधान संवाददाता, पाेखरा ।
गण्डकी प्रदेशमा थप एक जना कोरोना भाइरस संक्रमित थपिएसंगै संक्रमित हुनेको संख्या २०५ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार विहान ७ बजे दिएको जानकारी अनुसार नवलपुर जिल्लाको बौदी कालिका गाउपालिकाका २० बर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।
उनी सोही गाउ पालिकाको क्वारेन्टिनमा रहेको क्षेत्रीय निर्देशक डा.विनोद विन्दुले जानकारी दिएका छन् । ती संक्रमितलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशनमा लैजाने तयारी भैरहेको छ ।
गण्डकी प्रदेश कै तनहुँमा साेमबार थप ५ जनामा काेराेना पुष्टि भएकाे थियाे । उनीहरु पाँचै जना पुरुषलाई शुक्लागण्की स्थित जीपी काेइराला स्वास प्रश्वास केन्द्रमा भर्ना गरिएकाे छ ।
गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण भएका मध्ये १६ जना उपचार पछि घर फर्केका छन् भने १ जनाको मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया