एकै घरका ३ सहित ४ जना कोरोना जितेर फर्किए

समाधान संवाददाता २०७७ असार १ गते १३:०८

समाधान संवाददाता
स्याङ्जा, १ असार

Advertisement

कोरोना संक्रमणपछि उपचाररत वालिङ नगरपालिका १३ का एकै घरका ३ जनासहित ४ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

स्याङ्जा जिल्ला अस्पतालको आइसोलेसनमा रहेका ३ जना पुरुष र कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा रहेकी १ महिलाको पिसिआर परीक्षण नेगेटिभ आएपछि घर पठाइएको हो ।

कोरोना जितेर घर फर्कनेहरुमा वालिङ नगरपालिका १३ का २०, २६ र २९ वर्षका ३ जना पुरुष र ३९ वर्षकी महिला छन् ।

जेठ १३ गते १ जना र जेठ १५ गते २ जना युवा पोखराको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत थिए ।

Advertisement

युवाहरुको उच्च मनोबल, धैर्य तथा आत्मबलले नै कोरोनालाई जित्न सफल भएको जिल्ला अस्पतालकी मेडिकल अधिकृत डा. अन्जु अर्यालले बताइन् ।

कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा उपचाररत महिला समेत कोरोना निको भएकी हुन् । जेठ १५ गते कोरोना पोजेटिभ देखिएकी महिला यसअघि जिल्लामा महिलाको लागि छुट्टै आइसोलेसन नहुँदा पोखरा समेत लगिएको थियो ।

एकै घरका ५ जना भारतबाट आएकोमा ४ जना संक्रमित भएकोमा एकै दिन तिन जना कोरोनालाई जितेर घर फर्केका हुन् ।

जेठ १५ गते संक्रमित ३ जना एकै घरका आमा, छोरा र देवर हुनु भने महिलाका पति जेठ २४ गते संक्रमित भएर आइसोलेसनमा छन् ।

४ जना डिस्चार्ज भएसगै स्याङ्जामा ७ जना कोरोना बिरामी निको भएका छन् । जिल्लामा कोरोना संक्रमित ६० पुगेका छन् भने १ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया