तेल पोखिँदा जलेकी महिलालाई पोखरा पठाइयो
एसके थकाली
जोमसोम
रोटी पकाउने क्रममा अचानक तेल पोखिएर जलेकी २५ वर्षीया महिलालाई थप उपचारका लागि सोमबार पोखरा पठाइएको छ ।
शनिबार साँझ करिब साढे बजेको समयमा आफ्नै घरमा रोटी पकाउँदै गर्दा थासाङ गाउपालिका—५ छ्यो बस्ने स्थानीय पूजा शेरचन क्षेत्रीको शरीरका केही भाग जलेको पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
तेल पोखिएर घाइते बनेकी उनको अनुहार तथा छातीको भाग र बायाँ हातको नाडी समेत खरिएको तातो तेलले पोलिएको प्रहरीले जनाएको छ ।
तती महिलालाई जिल्ला अस्पताल जोमसोमको एम्बुलेन्स मार्फत पोखरा लगिएको हो । उनका श्रीमान् सुजन शेरचनको समेत बाया हात तेलले जलेको छ ।
यसअघि तेलले जलकी महिला र उनका श्रीमानलाई थासाङ—३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराइएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङले घटना बारे आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।
सांकेतिक तस्बिर
तपाईको प्रतिक्रिया