क्वारेन्टाइन लैजाँदै गर्दा बागलुङका युवाकाे हाम फालेर मृत्यु

पाेखरा
भारतबाट फर्कँदै गरेकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा पर्वतमा साेमबार बिहान १ युवाकाे भीरबाट हाम फालेर मृत्य भएकाे छ ।
कुश्मा नगरपालिका ८ मा पर्ने चुवाको भीरबाट हाम फालेर गम्भीर घाइते भएका बागलुङ नगरपालिका १३ का ३९ वर्षीय चन्द्रबहादुर नेपालीलाई पाेखरा ल्याउँदै गर्दा मृत्यु भएकाे हाे ।
सोमबार बिहान पोखरा बागलुङ सडकमा बस रोकेको अवस्थामा भीरबाट हाम फालेका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विश्वराज अधिकारका अनुसार सुनौलीबाट उद्धार गरी बागलुङतर्फ जाने क्रममा बस रोकेको मौका पारी भीरबाट हाम फालेका हुन् ।
लु २ ख ४२२० नम्बरको बसबाट पर्वत, बागलुङ र म्याग्दीका भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा लैजादै गर्ने क्रममा उनले हाम फालेका हुन् ।
पर्वतका नागरिकलाई मोदी गाउँपालिकाको डिमुवामा झारेपछि बस बागलुङ र म्याग्दीका मानिसहरु बोकेर आएको थियो । वर्षाका कारण सडक हिलाम्मे भएपछि अगािड जान नसक्ने भनेर बस चालकले इन्कार गरेको मौकामा नेपालीले भने भीरबाट हाम फालेकाे प्रत्यक्षदर्शीले बताएका छन् ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया