बागलुङका ८ सय स्वाब पोखरामा

पाेखरा
बागलुङका १० स्थानीय तहका विभिन्न क्वारेन्टिनमा भारतबाट आएका १ हजार ७ सय भन्दा बढी छन् । उनीहरुलाई स्थानीय तहले खानपान र व्यवस्थापन गरेर राखेका छन् ।
अहिले स्वास्थ्य कार्यालय र धौलागिरि अस्पतालका साथै ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिकाले आफै भिटिएम खरिद गरेर स्वाब संकलन गरिरहेको छ । यद्यपि पोखरामा पिसिआर रिपोर्टमा ढिलाइ हुँदा क्वारेन्टिनमा बसेका थप जोखिम र सकसमा छन् भने स्थानीय सरकारले खानपान र व्यवस्थापन थेग्न पनि कठिनाई भएको गुनासो गरेका छन् ।
पोखरामा स्वाब परीक्षणका लागि पठाए पनि रिपोर्ट आउन ढिलाइ भएको स्वास्थ्य कार्यालयका प्रमखु सुरज गुरौँंले जानकारी दिए । “हामीले स्वाब संकलन गरी पिसिआरका लागि पठाएका ८ सय भन्दा बढीको रिपोर्ट आउन बाँकी छ” गुरौले भने,“लामो समय क्वारेन्टिनमा हुँदा हामीलाई पनि थुप्रै गुनासा र समस्या आएका छन्, अब पिसिआर पठाएका बाहेक अरुलाई १४ दिन पुगेको र लक्षण नदेखिएको हकमा आरडिटी गरेर घर पठाइरहेका छौं ।”
गुरौका अनुसार, अझै ४ सय भन्दा बढीको पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न नै बाँकी छ । पोखरा पिसिआरका लागि स्वाब पठाएकाहरुको हकमा भने १४ दिन पुगिसके पनि रिपोर्ट नआउँदै घर पठाउने कि नपठाउने भन्ने अन्यौल छ । यसका लागि छलफल चलिरहेको र चाडै निर्णयमा पुगिने गुरौले जानकारी दिए ।
अहिले जिल्लामा कूल संक्रमितकाे संख्या ४० पुगेको छ । जसमा सुरुवाती दुई र पछिल्लो साता ६ जना गरेर ८ जना घर फर्किएका छन् । बाँकी धौलागिरि अस्पताल, धौलागिरि क्याम्पस र बूर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेन र प्रि आइसोलेसनमा उपचाररत छन् । रिपोर्ट ढिलो आउँदा सङ्क्रमण बढ्ने सम्भावना रहेको स्वास्थ्यकर्मी बताउछन् । रासस









पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
ट्रेल रनिङ प्रतियोगितामा पुरुषतर्फ नेपाल र महिलातर्फ अमेरिकालाई उपाधि
एनप्याब्सन क्रिकेटमा ५ खेल
ददिको ज्ञानिकामाथि पोखरामा विमर्श
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया