गण्डकी सरकारकाे बजेट ३४ अर्ब ८४ कराेड
समाधान संवाददाता
२०७७ असार १ गते १७:०१
समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश सरकारले आव २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री किरण गुरुङले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै सो जानकारी गराएका हुन् । सो बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार विनियोजन भएको छ ।
पुँजीगत खर्चतर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार विनियोजन गरिएको अर्थमन्त्री गुरुङले जानकारी दिए । वित्तीय सुधारका लागि ५० करोड विनियोजन गरेको सुनाए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया