थप ४५१ जनामा कोरोना, संक्रमित ६२ सय नाघे

समाधान संवाददाता २०७७ असार १ गते १७:०३

समाधान संवाददाता

Advertisement

नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ ।

आज थप ४ सय ५१ संक्रमित थपिएसँगै कुल संक्रमित ६ हजार २ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

Advertisement

पछिल्लो २४ घण्टामा थप ६७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १ हजार ४१ पुगेको छ। जसमध्ये पुरुष ९ सय ३७ र महिला १ सय ४ जना छन्।

कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ। हालसम्म देशभरका ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया