पाेखरासहित गण्डकीमा थपिए १८ संक्रमित, प्रदेशभर २२३ पुगे
समाधान संवाददाता
२०७७ असार २ गते ६:३७

पाेखरा
गण्डकी प्रदेशमा काेराेना संक्रमितको संख्या २ सय २३ पुगेको छ | प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार बिहान १८ जनामा संक्रमण पुष्टि भएकाे छ ।
मंगलबार बिहान पुष्टि हुनेमा कास्कीका १ सहित गाेर्खाका १०, स्याङ्जाका ४, नवलपुरका २ र बागलुङका १ जना छन् ।
कास्कीमा देखिएकाका २१ बर्षीय पुरुष भारतबाट आई पाेखरा महानगरले राखेकाे क्वारेन्टिनमा बसेका थिए ।
उनीहरु सबै भारतबाट फर्किएका रहेकाे र सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेकाे निर्देशनालयले जनाएकाे छ । उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
हालसम्म गण्डकीका ९ जिल्लामा संक्रमण देखिएकाे छ । स्याङ्जाका १ पुरुषकाे काेराेनाकै कारण मृत्यु भएकाे छ ।

सम्बन्धित
तपाईको प्रतिक्रिया